हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिकाले सडक कालोपत्रेलाई निरन्तरता दिदै आएको छ । सोही क्रममा हल्दीबारी गाउँपालिका वडा नम्बर ४ र ५ को सिमाना जोडने धनुष पोखरीदेखी हल्दीबारी गाउँपालिका कार्यालय हुँदै धाधरपाडासम्म पुग्ने बाटो कालोपत्रे गर्दैछ ।

बहुबर्षिय योजना अन्तरगतको उक्त सडक मंगलबारबाट कालोपत्रे शुरु गरिएको हो । ११४० मिटर लम्बाई र ५.५ मिटर चौडाई रहेको सो सडक एक करोड ३५ लाखको लागतमा केके आर कन्ट्रक्शन झापाले काम गर्दै गरेको वडाध्यक्ष तथा पूर्वाधार संयोजक सन्तकुमार थापाले जानकारी दिए ।
उनका अनुसार उक्त सडक मौसमले साथ दिए आज (बुधवार) १२ बजेदेखि शुरु गरेर आजै सम्पन्न गरिने साथै मौसमले साथ नदिए भोली (बिहीवार) सम्पन्न गर्ने योजना रहेको वडाध्यक्ष थापाले बताएका छन् ।

उक्त कालोपत्रे हुँदै गरेको सडकको गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), हल्दीबारी–४ का वडाध्यक्ष एवम् पूर्वाधार संयोजक सन्तकुमार थापा, कार्यपालिका सदस्य बिजय राजवंशी, इन्जिनियरसहित प्राविधिकको टोलीले मंगलबार अनुगमन गरेको थियो ।