झापा ।
सुदूरपश्चिम प्रदेश अछामस्थित बान्निगडी जयगढ गाउँपालिकाको जयगड बजारमा भीषण आगलागी भएको छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पडकिएर आगलागी भएको थियो । मंगलबार बेलुका ७ बजेतिर सल्किएको आगोका कारण बजारमा रहेका आठ भन्दा पसलमा क्षति पुगेको छ ।

हिमाल साउदको मोबाइल पसल, रामबहादुर राउतको जडीबुटी पसल, मञ्जु साउदको जडीबुटी पसल, रति साउदको भाडा पसल, गोकुल साउदको किराना पसल, किस्मत सुनारको सुनचाँदी पसल, खगेन्द्र साउदको किराना पसल, रतन साउदको घर र कालु सुनारको सुनचाँदी पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
आगो निभाउनका लागि नेपाली सेनाको गोरख बक्स गण मङ्गलसैनको २० जनाको टोली, जिल्ला प्रहरी कार्यालय अछामको ९ जनाको टोली र सशस्त्र प्रहरी बल खप्तड गुल्मको ११ जनाको टोली खटिएको जनाइएको छ । साथै मङ्गलसेन नगरपालिकाको दमकल पनि खटाइएको छ ।

आगलागीका कारण जयगढ बजारमा ठूलो क्षति पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ ।