झापा ।
झापाको अर्जुनधारा नगरपालिका–१ हलुवागढ समुदायिक वन भित्र पर्ने आप खोल्सी भन्ने स्थानमा एक महिलाको सडेगलेको अवस्थामा मृत लाश भेटिएको छ ।
सोमवार दिनको १२ बजेको समयमा स्थानियले घास काट्ने क्रममा महिलाको सडेगलेको अवस्थामा शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए । तत्काल नामथर वतन नखुलेकी उनको पहिचान खुलेको प्रहरीले जनाएको छ ।
जानकारी प्राप्त हुन साथ प्रहरी पुगेर अनुसन्धान शुरु गरेको छ । लुगाको आधारमा मृतकको कान्छि छोरी देविका खड्का खनाल २ः४५ बजे घटना स्थलमा आएर पहिचान खुलेको थियो । मृतक जिल्ला इलाम रोङ गाउपालिमा –२ का ६० बर्षिय सितादेवि खरेल को रहेको अनुन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनी गत माघ २८ गतेबाट हराई बेपत्ता भएको भनि अस्थाई प्रहरी चौकी बरखोल्याङमा गत फागुन ४ गते हुलिया निबेदन परेको भनि जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । लास पूर्ण रुपमा सडिगलेको अवस्थामा रहेको र थप अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।