झापा ।
वशिष्ठ भण्डारी समाजको केन्द्रीय सदस्यमा दुई जनालाई मनोनयन गरिएको छ । झापा कनकाई नगरपालिका–४ कोटिहोममा समाजका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय सदस्यमा लय भण्डारी र सुरेन्द्र भण्डारीलाई मनोनयन गरेको हो ।

सुरेन्द्र भण्डारीलाई भाषा, कला, संस्कृति र पत्रकारिता क्षेत्रबाट र लय भण्डारीलाई समाज सेवा र ब्यवसायिक क्षेत्रबाट केन्द्रीय समितिमा मनोनित गरिएको समाजका महासचिव जय भण्डारीले जानकारी दिए ।
यसैगरी बैठकले काठमाडौ उपत्यका समितिको संयोजकमा केन्द्रीय सदस्य भोजराज भण्डारीलाई तोकेको छ । समाजको गत चैत २३ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको थियो ।
यसैबीच समाजको आयोजनामा लगाइएको बृहन्नारदीय महापुराण हप्ताह ज्ञान महायज्ञ समापन भएको छ । कोटिहोमस्थित वशिष्ठ भण्डारी समाजको केन्द्रीय कार्यालय परिसरमा आयोजित महायज्ञ समापनका अवसरमा १६ जना बटुकको सामुहिक उपनयन गर्दै समापन गरिएको हो ।
वशिष्ठ गोत्रीय भण्डारीहरुका पितृहरुको उद्दारका लागि गत चैत १७ गतेदेखि महायज्ञ शुरु भएको थियो । महायज्ञमा आचार्य पण्डित छन्दुराम भण्डारीले कथावचन गरेका थिए ।