झापा ।
वशिष्ठ भण्डारी समाजको केन्द्रीय अध्यक्षमा कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ निर्विरोध निर्वाचित भएका छन् । वशिष्ठ भण्डारी समाज केन्द्रीय कार्य समितिको १६ औँ वार्षिक साधारण सभाबाट ‘मार्सेली’ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । कन्काई नगरपालिका ४ कोटीहोममा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

अध्यक्षमा निर्वाचित ‘मार्सेली’ संस्थापक मध्ये एक हुन् । सहसचिव , सचिब , उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षमा निरन्तर काम गरेका ‘मार्सेली’ ३२ वर्षको निरन्तरता पछि निर्विरोध अध्यक्ष चुनिएका हुन् । त्यस्तै समाजको वरिष्ठ उपाध्यक्षमा घनश्याम भण्डारी, उपाध्यक्षमा किशोर भण्डारी , हरिप्रसाद भण्डारी, राजन भण्डारी, देवराज भण्डारी, इन्द्रलाल भण्डारी, गंगाराम भण्डारी र कमलादेवी घिमिरे भण्डारी चयन भएका छन् ।
त्यस्तै महासचिवमा जयप्रसाद भण्डारी निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि पनि महासचिव थिए । यता सचिवमा आनन्दकुमार भण्डारी र सहसचिवमा रघुनाथ भण्डारी ,कोषाध्यक्षमा चेतना निरौला भण्डारी तथा सह कोषाध्यक्षमा देवेन्द्र भण्डारी चयन भएका छन् । समाजको सदस्यमा पुरुषोत्तम भण्डारी , हरिप्रसाद भण्डारी, दुर्गादेवी गौतम भण्डारी,कल्पना भण्डारी,मुक्तिप्रसाद भण्डारी, कृष्णप्रसाद भण्डारी, रूपनारायण भण्डारी ,टुङ्गनाथ भण्डारी र भोजराज भण्डारी निर्विरोध चयन भएका हुन् ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीको प्रमुख आतिथ्यमा भएको अधिवेशन प्रेमचन्द्र भण्डारीको अध्यक्षतामा भएको थियो ।अधिवेशनले समाजको बार्षिक प्रगति , आर्थिक प्रतिवेदन पारित गर्दै आगामी वर्षका लागि योजना स्वीकृत गरेको छ । २०४६ मा कोटिहोम माईमा श्रीमद्भागवत ज्ञान महायज्ञ लगाएर संगठित भएको भण्डारी समाज २०५१ मा जिल्ला प्रशासन कार्यालयमा विधिगत दर्ता भएको थियो ।
अधिवेशनमा मन्त्री भण्डारी सहित नेपाल पत्रकार महासंघका संस्थापक महासचिव एवम् कञ्चनजंघा एफ एमका प्रवन्ध निर्देक चन्द्र भण्डारीले बन्धु एकता र महत्वपूर्ण दस्तावेज बंशावलीका बारेमा प्रकाश पार्दै विभिन्न सुझाव दिएका थिए ।