झापा ।

 गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेका कारण केही ठाउँमा बदली भएको हो ।

कोशी र गण्डकीका पहाडी भू–भागका एक–दुई स्थानमा आगामी २४ घण्टामा  मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ । देशका अधिकांश भू–भागहरूमा तापक्रम बढ्दै जाने सम्भावना रहेको र वर्षाको सम्भावना कम रहेको महाशाखाले जनाएको छ ।