चन्द्रगढी ।
झापाको भद्रपुर–९ स्थित मेथीबारीमा चौबिस घन्टे अखण्ड हरिकृतन आज (शनिबार) शुरु भएको छ । राम नवमीको अवसरमा सुख, शान्ति र समृद्धिको कामना गर्दै वसन्त प्रगतिटोल बिकास अन्तर्गत बसन्तपुर भजन समुहको आयोजनामा उक्त अखन्डहरिकृतन शुरु भएको हो ।

वसन्त प्रगति टोल बिकासका अध्यक्ष टेकबहादुर रोक्काको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र उप–प्रमुख राधा कार्कीले शुभकामना मन्तब्य राखेका थिए ।
पत्रकार राजु बरालको सन्चालनमा सम्पन्न उदघाटन कार्यक्रममा स्वागत सन्तोष ढुङ्गानाले गरेका थिए ।