बिर्तामोड ।
झापाको बिर्तामोडमा बत्तिस ब्यञ्जन खाजा घर एन्ड रेष्टुरेन्ट सञ्चालनमा आएको छ । कल्पना दुलाल र पुन्यप्रसाद कोइरालाको एकल लगानीमा बिर्तामोडस्थित शनिश्चरे रोडमा सञ्चालनमा आएको रेष्टुरेन्टको उद्घाटन आज (शुक्रवार) बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानले गरेका छन् ।
रेष्टुरेन्टको उद्घाटन गर्दै संघका अध्यक्ष न्यौपानले हाल धेरै युवाहरु ब्यापार ब्यवसाय बन्द गरेर बिदेशी रहेको बेला ब्यवसाय सञ्चालनमा आउनु खुसीको कुरा भएको बताए । उनले रेष्टुरेन्टमा खानपिनका कुरामा स्वादिलो, स्वस्थ्यकरसँगै सझा हुनु पर्ने बताउँदै ब्यवसाय सञ्चालनका लागि हार्दिक धन्यवाद दिएका छन् ।
एकल २५ लाख वढीको लगानीमा सञ्चालनमा आएको उक्त रेष्टुन्टमा रैथाने खाजा, खानासहित सवै प्रकारका पेय पदार्थ पाइने सञ्चालक पन्यप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार केही समय अघि सुरुङ्गामा पाथिभरा सेकुवा कर्नर सञ्चालन गरेको र ग्राहकको माग अनुसार नाम परिवर्तन गरेर बिर्तामोडमा बत्तिस ब्यन्जन खाजा घर एन्ड रेष्टुरेन्ट सञ्चालन गरिएको हो ।
रेष्टुरेन्टमा रैथाने खाजा अन्तरगत सुक्खा रोटी, फापर र कोदोको रोटीलगायत पाइने र भेज तथा नन् भेज खानासहित खसी र कुखुराको सेकुवा साथै सवै प्रकारका पेय पदार्थ पाइने सञ्चालक मध्येका कोइरालालले जानकारी गराए । यस्तै खाजाको प्रकारहरुमा मोमो, चाउमिन, थुक्पा, फ्राई राइस भेज तथा नन् भेजलगायत रहेको बताइको छ । रेष्टुरेन्टको ब्यवस्थापनमा दुर्गाप्रसाद कोइराला रहेका छन् ।
रेष्टुरन्टमा एसी क्याविनहरु पनि छन् भने बर्थडे र पार्टीका लागि पनि ब्यवस्था रहेको सञ्चालक कोइरालाले जानकारी गराए । मसलायुक्त खानेकुरालाई कम गर्दै रेष्टुरेन्टमा स्वस्थ्यकर खाना उपलब्ध हुने उनले जानकारी दिए । हाल रेष्टुरेन्टमा ४ जनालाई प्रत्यक्ष रोजगारी दिएको र आवश्यकता अनुसार थप्दै लाने सञ्चालक कोइरालले जानकारी गराए । रेष्टुरेन्टमा क्रमश फाष्टफुडलाई पनि जोड्दै लानेसमेत उनले जानकारी दिए ।

















