झापा ।  

झापा गाँउपालिका–३ झाटीस्थित भित्री पक्की सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज मध्यान्ह ४ः३० बजेको समयमा झाटीबाट कामाटोलीतर्फ जाँदै गरेको मे १ त ४१०७ नं.को ट्याक्टरमा सवार (लिप्ट मागि बसेको ) सवारी दुर्घटना भएको थियो । 

दुर्घटनामा सोही स्थानका ६० बर्षिय रमेश हस्ता अचानक बेहोस भई ट्क्टरबाट लडी घाईते भएका थिए । घाइते उनको उपचारको लागि स्वास्थ चौकी शरणामति  पठाईएका थियो ।  सामान्य उपचारपछि थप उपचारको लागि प्रादेशीक अस्पताल भद्रपुर  पठाईएको र उनको ६ः३० बजे साँझ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ  । 

लास  प्रादेशिक अस्पताल भद्रपुरको सव गृहमा पोष्ठमार्टमको लागि राखिएको र टयाक्टर चालक सोही ठाउँ बस्ने ४८ बर्षिय देवकुमार गणेश ( साहुजि पनि आफै) र ट्रयाक्टर  प्रहरी  नियन्त्रणामा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।