झापा ।  

झापाको दमक नगरपालिका–५ सन्जन टोलमा आफ्नै घरको छतबाट लडेर एक जना बृद्धको मृत्यु भएको छ । गएराति दमक–५ का अन्दाजी ८१ बर्षिय टेकबहादुर गुरुङ  आफ्नै अढाई तले पक्की घरको छतबाट लडेर मृत्यु भएको हो । 

घरको छतबाट खसेर उत्तानो परी मृत अवस्थामा उनका छोरा विके गुरुङले आज (शनिवार) बिहान ५ बजेको समयमा खोज तलास गर्ने क्रममा फेला पारेका थिए ।  टेकबहादुर गुरुङ आफ्नै घरको पूर्वपट्टी खालि ठाउँमा फेला पारेको इलाका प्रहरी कार्यालय झापाले जनाएको छ । 

इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली गएर लासको सम्पूर्ण कानुनि प्रकृया पुरा गरी पोष्ट मार्टनको लागि दमक अस्पताल दमक पठाएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।