बिर्तामोड ।
बिर्तामोड उद्योग वाणिज्य संघले शसस्त्र प्रहरी बल नम्वर २ गण चन्द्रगढीका प्रमुखलाई स्वगत सम्मान गरेको छ । संघको कार्यालयमा आयोजित कार्यक्रमकाबीच शसस्त्र प्रहरी उपरीक्षक तुल वहादुर भण्डारीलाई स्वागत सम्मान गरेको हो ।
शसस्त्र प्रहरी बल नम्वर २ गण चन्द्रगढीमा हालै सरुवा भएर आएका भण्डारीलाई संघका अध्यक्ष राजु न्यौपाने सहितको टोलीले स्वागत सम्मान गरेको थियो । सो अवसरमा प्रहरी उपरीक्षक भण्डारीलाई समग्र झापाको व्यापार व्यवसायको अवस्थाका विषयमा समेत जानकारी गराइएको थियो ।
वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीले स्वागत गरेको कार्यक्रममा शसस्त्र प्रहरी बल नम्वर २ गण चन्द्रगढीका प्रहरी नायव उपरीक्षक सुमन पोखरेल, एसपी भण्डारी लगायतले व्यवसायीहरुसंगको सहकार्यमा झापामा हुने चोरी पैठारी नियन्त्रणमा भूमिका निर्वाह गर्ने बताएका थिए ।
सीमाको रक्षा संगै भन्सार छलेर चोरी पैठारी हुने कार्यलाई निरुत्साहित गर्न शसस्त्र प्रहरी तैनाथ रहने बताएका थिए ।कार्यक्रमको संचालन बिर्तामोड उद्योग वाणिज्य संघका महाचिव कुशल खतिवडाले गरेका थिए ।