झापा । 

वैदेशिक रोजगारीमा बुल्गेरिया पठाइदिने बहानामा दुई जनालाई ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले झापाको बिर्तामोड घर भई हाल काठमाडौं कीर्तिपुरमा बस्दै आएकी आशा परियारलाई पक्राउ गरेको हो ।

परियारले बुल्गेरिया पठाइदिने सिलसिलामा दुई जना पीडितहरूबाट २ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।