बिर्तामोड । 

नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको अवसरमा झापामा स्वास्थ्य शिविर हुने भएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना, जिल्ला स्वास्थ्य कार्यालय र बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाको सहकार्यमा आज (शुक्रवार) स्वास्थ्य शिविर हुने भएको हो । 

स्वास्थ्य शिविरमा नसर्ने रोगहरुको परीक्षण (स्क्रिनिङ) तथा स्वास्थ्य प्रवद्र्धन कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।  स्वास्थ्य शिविरबाट पत्रकार र उनीहरुका परिवारका सदस्यहरु तथा अन्य नागरिकले समेत लाभ लिन सक्नेछन् । 

शिविरमा बीएमआई (बडी मास इन्डेक्स),  रक्तचाप, मधुमेह (सुगर),  मृगौला, पाठेघरको मुखको जाँचलगायत सेवा लिन सकिने बताइएको छ । शिविर बिर्तामोड–८ गरामनी स्वास्थ्य चौकी गरामनी बजारमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने अध्यक्ष गिरीले बताए ।