झापा । 

झापा गाउँपालिका वडा नम्वर ४ स्थित लसुनाबाट प्रहरीले कपडा नियन्त्रण गरेको छ । भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको कपडा बिहीवार नियन्त्रण् गरिएको हो । 

नियन्त्रण गरिएको १० बोरा अर्थात २३ थान कपडा  ९० हजार बराबरको टेन्टको कपडा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

इलाका प्रहरी कार्यालय कुमरखोदबाट  खटिएको टोलीले कपडा नियन्त्रण गरी आवश्यक कारवाहिको लागि भन्सार कार्यालय भद्रपुर पठाएको प्रहरीले जनाएको छ । संकेत तस्वीर