झापा ।
झापाको गौरीगञ्ज गाँउपालिका–६ भारु चोकबाट मुङ्ग्री माछा पक्राउ गरी नष्ट गरिएको छ । बुधवार ४ बजेको सयमा नियन्त्रण गरिएको उक्त माछा नष्ट गरिएको हो ।
भारतबाट लुकाई छिपाई नेपालतर्फ पैदल प्लाष्टिकको ड्रममा ल्याउँदै गरेको अन्दाजी ७० केजी २४ हजार ५०० रुपैयाँ बराबरको माछा नष्ट गरिएको हो ।
मुङ्ग्री माछा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । उक्त बरामद माछा इलाका प्रहरी कार्यालय गौरीगञ्जमा ल्याएर स्थानिय व्यक्तिको रोहवरमा नष्ट गरिएको थियो । फरार रहेका माछा धनिको खोजतलाश भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।