झापा । 

झापाको बिर्तामोड नगरपालिका–३ स्थित सञ्जिवनी अस्पताल अगाडि पूर्व पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा गम्भीर घाइतेको मृत्यु भएको छ । सवारी दुर्घटनामा गम्भीर घाइते भद्रपुर नगरपालिका–१० का अन्दाजी २९ बर्षिय सरोज बस्नेतको मृत्यु भएको हो । 

दुर्घटनापछि गम्भीर घाइते बस्नेतको बिभिन्न अस्पतालमा उपचार गराउँदा स्वास्थ्यमा सुधार नआएर अचेत अवस्थामा रहेका थिए । चैत १२ गते बिहान ७ः४० वजेको समयमा  आौषधि सेवन गरिरहेको अवस्थाामा घरमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  सम्पूर्ण कानुनी प्रकृया पुरा गरी लास पोष्टमार्टम  लागि बुधवार बिहान ९ बजे प्रादेशीक अस्पताल भद्रपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे. ५ प. ५५६८ नं.को मोटरसाइकल र बिपरित दिसाबाट आउँदै गरेको प्र १–०१–०१३ प ५१४० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । 

दुर्घटनामा मे ५ प ५५६८ नम्बरका मोटरसाइकल चालक कनकाई–५ का अन्दाजी २६ बर्षिया सागर घिमिरे गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा डाक्टरले मृत्यु घोषणा गरेको थिए ।