झापा । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर–३ स्थित सामुदायिक बनमा आगलागी भएको छ । बुधवार साँझ ७ बजेको अर्जुनधारा–३ शान्ति सामुदायिक बन समुहको सेक्टर नं. २ मा आगलागी भएको हो । 

बन समुहमा लागेको आगलागी के कुन कारणले हो जानकारी नभएको आगो निभाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अचानक भएको आगलागी 

खुदुनावारी स्थानिय प्रहरी र स्थानियको सहयोगमा निभाउने कार्य भइरहेको, घर भेट्ने सम्भावना नरहेको र तत्काल कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।