झापा ।
झापाको झापा गाउँपालिका–४ नयाँटोलबाट भारतीय युरिया मल नियन्त्रण गरिएको छ । गएराति ९ बजेको समयमा भारतबाट भन्सार टलेर नेपालतर्फ ल्याइदै गरेको मल नियन्त्रण् गरिएको हो ।
इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले भारतबाट अवैध रुपमा नेपाल तर्फ लुकाई छिपाई बा. प्रदेश ०३–००१च १०३१ नम्वरको पिक अप भ्यानमा ल्याउँदै गरेको ३८ बोरा भारतिय युरिया मल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
आवश्यक कारवाहिको लागि बरामद मल र सवारी समेत भन्सार कार्यालय भद्रपुर पठाइएको र चालक हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।