झापा । 

 झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टामा आगलागी भएको छ । मेचीनगर–६ काँकरभिट्टाका ६० बर्षिय  मिङ्ममार छिरिङ लामाको घरमा आज (बुधवार) १०ः४० बजेको सयमा आगलागी भएको हो । 

लामाको आफ्नै घरको चार तलामाथि छतमा पुरानो ईलेक्ट्रिक सामानहरु मर्मत गर्ने क्रममा अचानक ब्याट्रिको तार सर्ट भई आगलागी भएको थियो । 

आगलागीबाट पुरानो ईलेक्ट्रिक सामानहरु–पुरानो टि.भी, बिजुलीको बल्ब, ग्लेण्डर, ल्याप्टप, तारलगायतका एक लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ ।   उक्त आगो प्रहरी र स्थानिय ब्यक्तिहरुको  सहयोगमा  १०ः५५ बजे पूर्ण रुपमा नियणत्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।