झापा ।
झापाको पूर्वी नाका काँकरभिट्टाबाट लागू औषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ मेचिडाँडाबाट गएराति ९ः३० बजेको समयमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारतको वेष्ट बंगाल, जिल्ला दिनाजपुरका ३२ बर्षिय साम्सद खान र सोही स्थानका २७ बर्षिय साहेव अली छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोमवार राति भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई शंका लागेर चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा उनीहरुले लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागूऔषध खैरो हेरोईन प्लाष्टिक बाहेक ८७ ग्राम ३४० मिलिग्राम फेला परेको थियो । लागूऔषधसहित नियन्त्रण गरिएका उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।