झापा ।  

झापाको भद्रपुर नगरपालिका–५ बाट तरकारी झोला भित्र प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज (सोमवार) साँझ ६ः४५ बजेको समयमा मेचीबिट र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको मे ६ प ९९७७ नम्बरको मोटरसाईकल चालक ईलामको माई नगरपालिका–५ अन्दाजि ३३ बर्षिय भुपेन्द्र लावती र सोही मोटरसाईकल पछाडि सवार झापा विर्तामोड नगरपालिका–५ अन्दाजि २३ बर्षिय राजिब चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । 

चौधरीले बोकेको तरकारी झोला भित्र प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको ब्राउन सुगर प्लाष्टिक बाहेक ९ ग्राम १ मिलिग्राम फेला पारी मोटरसाईकल सहित नियन्त्रणमा लिइएको हो । 

उनीहरुलाई वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याएर राखिको र थप अनुसन्धान तथा कानुनी कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।