चारपाने । 

झापाको विर्तामोड २ चारपानेस्थित परिवर्तन सिकाई केन्द्रको आयोजनामा भएको दुई दिने अर्गानिक कृषि तथा पशुपालन तालिम सम्पन्न भएको छ ।

विर्तामोड ननगरपालिकाको सहयोग अर्गानिक कृषि र पशुपालन सम्बन्धी तालिम भएको थियो । तालिम चैत्र १० अर्थात आइतवार शुरु भएको थियो भने आज (सोमबार) सम्पन्न भएको हो । 

तालिममा विर्तामोड–२ का सकृय कृषकहरुको सहभागीता रहेको थियो । सहभागीलाई पहिलो दिन अर्गानिक कृषि र आज पशुपालन सम्बन्धी तालिम दिइएको थियो । तालिमको सहजीकरण कृषि विज्ञ राजेन्द्र खरेल, विनोद दाहाल, प्रविन कोईरालाले गरेका थिए । 

तालिममा ३७ जना कृषकोको सहभागीता रहेको थियो ।  परिवर्तन सिकाई केन्द्रका अध्यक्ष डिल्लीराम सिटौलाको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा बिर्तामोड–२ का वडाध्यक्ष किशोर पौडेलको प्रमुख आतिथ्य रहेको थियो ।  सहभागीको तर्फबाट इन्द्रमाया मिश्र र हरिभक्त उप्रेतीले आफ्ना भनाईहरु राखेका थिए ।

कार्यक्रममा सहभागीहरुलाई विउविजन तथा पशुपालन औषधी वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन ब्रियशपति निरौलाले गरेको संस्थाका कोषाध्यक्ष राजु गिरीले जानकारी दिए।