झापा ।
झापाको गौरीगञ्ज गाउँपालिका–१ बाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । लागूऔषध ओसारपोसार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा आज (आइतवार) २ः१० बजेको समयमा प्रहरीले ती ब्यक्तिलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको भारत किसानगञ्ज–२ पलसाहका २३ बर्षिय सलम बरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
सलमलाई शंका लागेर चेकजांच गर्ने क्रममा उनले लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागूऔषध ब्राउन सुगर प्लास्टिक बाहेक ४ ग्राम ५५ मिलिग्राम फेला परेको थियो । उक्त लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।