लक्ष्मीपुर ।
सामाजिक ब्यक्तित्व झापा अर्जुनधारा–५ का राजु गिरीले बिद्यालय बिद्यार्थीसँग आफ्नो जन्मोत्सव मनाएका छन् । गिरीले जन्मदिनमा गरिने फजुल खर्च कटाएर अर्जुनधारा–५ स्थित बागेडाँगीको समावेशी प्राथमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेर जन्मदिन मनाएका हुन् ।
सहारा नेपालका लेखा अधिकृतसमेत रहेका गिरीले समावेशी प्राबिमा अध्ययनरत सवै बिद्यार्थीलाई बिद्यालयको पोशाक वितरण गरेर जन्मदिन मनाएका छन् । आज (आइतवार) परेको राजु गिरीको जन्मदिनको अवसर पारेर उहाँकी श्रीमती मिना गिरीसहित गिरी दम्पतीले उक्त बिद्यालयमा पुगेर बिद्यार्थीलाई पोशाक बितरण गरेका हुन् ।
गिरीले प्रत्येक बर्ष आफ्नो, श्रीमती र छोराछोरीको जन्मदिन तथा आफ्नो बैवाहिक बर्ष गाठको अवसरमा दीनदुःखीलाई ह्वील चियर, बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण लगायतका गरेर मनाउदै आएका छन् ।
स्थानीय जेष्ठ नागरिक तोयानाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गिरीले सवैले फजुल खर्च गरेर मनाउने जन्मदिनको साटो दीनदुःखीको सहयोग गरेर मनाउन आग्रह गरेका छन् । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रममा सहयोग गर्दै जाने प्रतिवद्धता गरेका छन् ।
बालकक्षादेखि कक्षा ५ सम्म अध्ययापन हुने उक्त बिद्यालयमा ६३ जना बिद्यार्थीहरु अध्ययनरत रहेका छन् । बिद्यालयमा शिक्षक र कर्मचारी गरेर ५ जना रहेका बिद्यालयका प्रधानाध्यापक मेघप्रसाद भट्टराईले जानकारी दिए । पोशाक बितरण कार्यक्रमको सहजीकरण बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टेकनाथ अधिकारी (महेन्द्र) ले गरेका थिए ।