बिर्तामोड । 

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले बिर्तामोडमा टाटाको नयाँ इभि सवारी साधन सार्वजनिक गरेको छ । टाटाको हालै नेपालमा भएका लोकप्रिय गाडीहरू कर्भ इमि, नेक्सन के ३ इभि, र टियागो इभि २०२५ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएका उक्त कारहरु बिर्तामोडस्थित अलास्का अटोमोबाइल्समा उपलब्ध छन् ।

कार्यक्रममा सिप्रदी ट्रेडिङ्ङ्गका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती र टाटा मोटर्सका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको उपस्थितिमा आज (आइतवार) अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङको  प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको हो । 

‘आज बिर्तामोडमा टाटाको नयाँ इभिहरु लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं, कर्भ इभि आकर्षक डिजाइन, प्रिमियम फिल, उत्कृष्ट सुरक्षा फिचर, र नेपाली सडकका लागि उपयुक्त भएकोले यो गाडी प्रिमियम एसयूभी खोज्ने ग्राहकहरुको पहिलो रोजाई बन्नेछ ।, नेक्सन के ३ इभिले ठूलो ब्याट्री क्षमता र लामो दूरी तय गर्ने सुविधा दिन्छ । टियागो इभि २०२५ मोडेल नंया लुक्स, नंया सुविधाहरु तर पुरानै मूल्यमा आएको छ । अब ग्राहकहरूले आफ्नो बजेट र आवश्यकताको आधारमा टाटाको गाडीहरू इच्छा अनुसारले रोज्न सक्नु हुनेछ ।’ प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले  भने । 

अलास्का अटोमोबाइल्सका प्रबन्ध निर्देशक प्रकाश शिवाकोटीले टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरू लन्च गर्न पाउँदा खुसी व्यक्त गर्दै यी गाडीहरुले बजारमा ठूलो प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

‘टाटा मोटर्सले ग्राहकहरुलाई स्टाइलिश र प्रिमियम गाडीहरु प्रदान गर्दै आएको र   सिप्रदी ट्रेडिङ्गले ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न पूर्ण तत्परता देखाएको टाटा मोटर्सका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले बताए । ‘हामी आशा गर्छौं कि यी नयाँ इभिहरुले ग्राहकहरुको मन जित्नेछन् ।’ टाटा मोटर्सका रंगनाथानले भने । 

कार्यक्रममा नयाँ गाडीहरुको साँचो पनि ग्राहकहरूलाई हस्तान्तरण गरिएको थियो । बिर्तामोडका ग्राहकहरूले अलास्का अटोमोबाइल्समा गएर कर्भ इभि, नेक्सन के ३ इमि, र टियागो इभि २०२५ को टेस्ट ड्राइभ गर्न पाउने छन् । टाटा मोटर्सले नेपाली बजारमा आफ्नो उच्च गुणस्तर र विश्वसनीयताको छाप छोड्दै आएको कम्पनीले जनाएको छ । यो पटक लन्च भएका नयाँ इभिहरूले पनि ग्राहकहरुको आकांक्षा पूरा गर्ने कम्पनीले अपेक्षा गरेको छ ।