बुट्टाबारी ।
बर्देवा बन्धु समाजको सातो साधारण सभा तथा चौथो अधिवेशन घृतकौशिक भवन कोटीहोम कनकाईमा सम्पन्न भएको छ । बर्देवा बन्धुहरुको अधिवेशनले बर्देवा बन्धु समाज झापाको अध्यक्षमा राजकुमार बर्देवालाई पुनः सर्व सम्मत चयन गरेको छ ।सामाजको उपाध्यक्षमा अशोक बर्देवा, सचिवमा चन्द्र बर्देवा, सह–सचिवमा रमेश बर्देवा र कोषध्यक्षमा कर्ण बर्देवालाई सर्वसम्मत चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा केशव बर्देवा, डम्वर कुमारी बर्देवा, कल्पना श्रेष्ठ बर्देवा, दिपक बर्देवा लगायत सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक जयराम सुन्दासले बताए। अधिवेशनको बन्द सत्रमा अध्यक्ष राज कुमार बर्देवाले प्रगति प्रतिवेदन र कोषध्यक्ष कर्ण बर्देवा आर्थिक प्रतिवेदन प्रस्तुतसँगै छलफलपछि पारित गरेको थियो । कार्यक्रममा बर्देवा बन्धवाट निर्वाचित जनप्रतिनिधि,अक्षयकोषदाता र ज्येष्ठ आमा वुबालाई सम्मान गरेको थियो ।
सम्मानित हुनेहरुमा जनप्रतिनिधि तर्फ कनकाई नगरपालिकाको कार्यपालिका सदस्य सावित्रा बर्देवा, गौरादह २ वडा सदस्य अम्विका लावर बर्देवा रहेका छन् । । यसैगरी ज्येष्ठ नागरिक आमा ७३ वर्षीया धन कुमारी बर्देवा र वुवा ७८वर्षीय लक्ष्मण बर्देवा र अक्षयकोष दाताहरुमा राजकुमार बर्देवा, खर्गेन्द्र बर्देवा, डम्वर कुमार बर्देवा र डम्वर कुमारी वर्देवालाई प्रमुख अतिथि बर्देवा बन्धु समाजका संस्थापक अध्यक्ष तेजबहादुर बर्देवाले सम्मान पत्रद्धारा सम्मान गरेका थिए ।
कार्यक्रममा कार्कीढोली समाज मोरङ्ग अध्यक्ष पुर्ण कार्कीढोली र परियार समाज झापाका सचिव रन्जित परियार, सामाजिक ब्याक्तित्व जयराम सुन्दास लगायतले बर्देवा समाजका नव निर्वाचित पदाधिकारीलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।
अधिवेशन राजकुमार बर्देवाको अध्यक्षतामा सञ्चालन भएको थियो भने स्वागत उपाध्यक्ष असोक बर्देवा र कार्यक्रम सहजीकरण सचिब चन्द्र बर्देवाले गरेका थिए ।