बुट्टाबारी । 

इन्भेन्चर एजुकेशन एकाडेमी बिर्तामोड–३ झापाले मनमाया आमा बालगृहलाई स्टिल दराज हस्तान्तरण गरेको छ । बन्दी सहायता नेपाल पूर्वान्चल शाखा अर्जुनधाराद्वारा संचालित मनमाया आमा, गंगाआमा र जङ्गल गार्डेन ब्वाइज होममा विभिन्न कारागारमा कैद भुक्तान गरिरहेका अभिभावकसग आस्रित बालवालिकाहरुलाई आवाससहित शिक्षा र स्वास्थ्य प्रदान गरिरहेको छ । 

सस्था कसरी सन्चालन छ बालबालिकाहरुलाइ कसरी राखिएको छ र  सामाजिक ब्याक्तित्व एवम् बन्दी सहायता नेपालकि सस्थापक साथै प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको जीवनी र बालगृहमा रहेका बालबालिकाहरुसग भाइचारा मित्रता राख्दै इन्भेन्चर एजुकेशन एकाडेमीका विद्यार्थीहरुले गएको तिहारमा देउसी खेली जम्मा भएको रकम र बिद्यालयले थप गरि १३ हजार बराबरको बालबालिकाको कपडा राख्न प्रयोगका लागी स्टिल दराज प्रिन्सिपल अमृत बस्नेत तथा अभिभावक गङ्गाबहादुर खड्काले सस्थाका अध्यक्ष जगतबहादुर मगरलाई हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा बालगृहको आवास,इ लाइब्रेरी, सब्जी खेती, माछापालन अन्य विविध अवलोकन गर्दै  एकाडेमीका स्कुल क्याप्टेन विद्यार्थी प्रस्ना प्रसाइले यस सस्थाको विविध सेवा बारे बुझेर आफू खुसी भएको र सामाजिक उत्तरदायित्व बारे आफू स्पष्ट भएको बताइन भने जुनकीरी बालक्ल्वका अध्यक्ष तरनुम खातुनले एक पुस्तक मायाको चिनो प्रदान गरेकि थिइन् । 

कार्यक्रममा अभिभावक सामाजिक ब्याक्तित्व कुमार थापा, प्रिन्सिपल अमृत बस्नेतले सस्था अभिभावक बिहिन बालबालिकाहरुलाइ घरकै वातावरणमा राखी सेवा गरेकोमा सस्थापकहरुलाइ धन्यवाद व्यक्त गरेका थिए । साथै सस्थाको तर्फबाट अध्यक्ष जगत बहादुर मगरले अवलोकन एवम् सहयोग गर्नु भएकोमा  धन्यवाद व्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिव रन्जित परियारले गरेका थिए ।