झापा । 

नेपाली कांग्रेस निकट  नेपाल थारु संघ  झापाको पहिलो अधिवेशनले  पुष्पलाल चौधरीको अध्यक्षतामा  समिति  गठन गरेको छ । अधिवेशनले जिल्ला समितिको उपाध्यक्षमा लवकुमार चौधरी, सचिव हरिकुमार चौधरी, सहसचिवमा शेषलाल चौधरी र कोषाध्यक्षमा भगवान चौधरीलाई चयन गरेको छ ।  

१३ सदस्यीय समितिको सदस्यहरुमा  महादेव चौधरी, विष्णुकुमार चौधरी, मोतिलाल चौधरी, विष्णुकुमारी चौधरी, श्यामलाल चौधरी, मैनाकुमारी चौधरी, सुशिला चौधरी र राधा चौधरी रहेका छन् । 

त्यस्तै तेजनारायण चौधरी र राजनारायण चौधरी रहेको दुई सदस्यीय सल्लाहकार समितिसमेत गठन भएको छ । पुष्पलाल चौधरीको अध्यक्षता र नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि( सुनसरी) तथा  नेपाल थारु संघकी केन्द्रीय सदस्य  सुशिला चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ झापा क्षेत्र नं २ का अध्यक्ष लवकुमार चौधरीले स्वागत मन्तव्यसहित  कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि चौधरी, विशिष्ट अतिथि नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङ,  थारु कल्याणकारिणी  सभाका पूर्व केन्द्रीय सदस्य तेजनारायण  चौधरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन हरिकुमार चौधरीले गरेका थिए ।