झापा । 

सवारी दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । गत चैत २ गते राति अन्दाजी १२ः४५ बजेको समयमा सवारी दुर्घटना भएका घाइतेको गएराति उपचारका क्रममा झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको हो । 

मृत्यु हुनेका बाह्रदशी गाउँपालिका–६ का ३५ बर्षिय बिका भट्टराई छन् । उनको गएराति ९ः२५ बजेको समयमा मृत्यु भएको हो । 

बाह्रदशी–६ नारायण चोक नजिकै उतर दक्षिण भित्री सडक खण्डमा चारपानेबाट बिहिबारेतर्फ जाँदै गरेको मे ३ प ६२२६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भएर दुर्घटना हुँदा मोटरसाईकल चालक  भट्टराई गम्भीर घाइते भएका थिए । घाईते भट्टराईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।