बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्र ब्यवसायिक रुपमा माछापालन गर्दै आएका कृषकलाई क्षेत्र बिस्तार, यान्त्रिककरण र माछापालन तथा ब्यवस्थापन सम्बन्धी बिभिन्न तालिम दिदै आएको छ । नगरले माछापालनलाई आत्मनिर्भर बनाउने उदेश्यले भारतीय माछालाईसमेत प्रतिवन्ध लगाएको भएपनि संघीय सरकारकै कतिपय ऐन कानुन विदेशी माछा प्रतिबन्धमा बाधक भएकाले स्थानीय माछा पालक मारमा भएको बिर्तामोड नगर कार्यबहाक प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताएका छन् ।
जसका कारण भारतसँग सिमाना जोडिएका पालिकाबाट फर्मालिन प्रयोग र मरेका माछा आयत हुने र सस्तो माछा खरिद गरेर बेच्ने बिचौलियाका कारण नै स्थानीय माछा उत्पादक ब्यवसायी मारमा रहेको उनको भनाई छ ।
उनले स्थानीय तह गठनपछि नगरको स्रोतसाधनले भ्याएसम्म माछा उत्पादन ब्यवसायीका लागि बिभिन्न योजना तथा कार्यक्रम गर्दै आएको बताए । नगरले आर्थिक बर्ष २०७८/०७९ देखि नै माछा ब्यवसायी कृषकलाई तालिम, उन्नतजातका माछाका भुराहरु, क्षेत्र विस्तार र यान्त्रिककरणमा सहयोग गर्दै आएको नगर कार्यवहाक प्रमुख संग्रौलाले बताए । उनका अनुसार बिर्तामोड वडा नं. २, ७ र १० मा रहेर नगरमा दर्ता रहेका माछा फार्महरुका लागि मत्स्य तथा पशुपन्छी शाखाको तर्फबाट ५ लाख ५५ हजार रुपैयाँ बराबरको माछाका भुराहरु उत्पादनका लागि खरिद गर्न सहयोग गरेको छ ।
यसैगरी महाजाल, माछाको चारो, आवश्यक यान्त्रिककरणका लागि एक लाख २१ हजार रुपैयाँ ब्यवसायीहरुलाई उपलब्ध गराएको साथै मापदण्ड अनुसार पोखरी खन्नेका लागि प्रति पोखरी ९३ हजार २०० रुपैयाँका दरले आर्थिक बर्ष २०७८/०७९ मा अनुदान दिएको बताए । ‘आर्थिक बर्ष २०७९/०८० मा चार वटा माछा फार्म बृद्धि भए’ नगर कार्यवहाक प्रमुख संग्रौलाले भने ‘तीनीहरुलाई ५० प्रतिशत साझेदारीमा मेयर पकेट कार्यक्रमलाई निरन्तरता दिने भन्दै ७ लाख रुपैयाँ अनुदान दिइयो ।’ उनले पुनः क्षेत्र बिस्तारका लागि प्रति फार्म ५० हजार र यान्त्रिकरणका लागि थप ४५ हजार रुपैयाँ उपलब्ध गरिएको बताए । त्यस्तै फेरी माछाका भुरा खरिदका लागि ४ लाख ५ हजार रुपैयाँ नगरले प्रदान गरेको साथै तीनै ब्यवसायी र नगरको प्राबिधिकका लागि अध्ययन अवलोकनका लागि एक लाख रुपैयाँ दिएको उनले जानकारी दिए ।
यस चालु आर्थिक बर्ष २०८१/०८२ मा माछा उत्पादक नगरमा दर्ता रहेका फार्मका पोखरीका लागि आवश्यक मल्टीपारामिटर खरिदका लागि ६ लाख र ब्यवसायीलाई तालिमका लागि एक लाख रुपैयाँ नगरले छुट्याएको उनले जानकारी दिएका छन् ।
नगर कार्यवहाक संग्रौलाले नगरमा दर्ता रहेका माछा उत्पादन ब्यवसायका लागि नगरले सकेको सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्ने बताएका छन् । माछा र पशुका लागि नगरमा बिज्ञ डाक्टर र प्राबिधि रहेको बताउँदै केही समय अघि नगरले झापाका १५ वटै पालिकासँग छलफल गरेर मरेका र अखाद्य माछा प्रतिवन्ध लगाएको भएपनि कार्यन्वयनमा समस्या भएको बताए । ठूला टाउँका भएका माछा भन्ने नाममा फर्मालिनयुक्त माछा बिक्री भइरहेकोसमेत बताएका छन् ।
यी हुन् बिर्तामोड नगरपालिका भित्र रहेका र नगरपालिका दर्ता रहेका माछा कृषि फर्महरु :१) हरियाली माछा फार्म १ मिगाहा १० कठ्ठा बिर्तामोड–३२) रारा कृषि फार्म ४ बिगाहा १० कठ्ठा बिर्तामोड–३३) माँ लक्ष्मी कृषि फार्म १ बिगाहा बिर्तामोड–७४) प्रशान्त कृषि फार्म १ बिगाहा २ कठ्ठा बिर्तामोड–१०५) केशव कृषि फार्म ७ कठ्ठा, बिर्तामोड–१०६) जेनिसा कृषि फार्म १० कठ्ठा, बिर्तामोड–१०७) ओली कृषि फार्म बिर्तामोड–२८) मुकुमलुङ माछा फार्म बिर्तामोड–१०९) शुभलक्ष्मी कृषि फार्म १ बिगाहा १० कठ्ठा, बिर्तामोड–२१०) चियावारी कृषि तथा पशुपालन फार्म १० कठ्ठा, बिर्तामोड–१०११) नवज्योति कृषि फार्म ८ कठ्ठा, बिर्तामोड–९१२) धनज्योति कृषि फार्म, बिर्तामोड–१०१३) बुढाथोकी कृषि फार्म १८ कठ्ठा, बिर्तामोड–९१४) कलमाया कृषि फार्म १० कठ्ठा, बिर्तामोड–७१५) स्टार अर्घानिक कृषि फार्म ७ कठ्ठा, बिर्तामोड–७१६) पाथिभरा सिजे कृषि फार्म ७ कठ्ठा, बिर्तामोड–६१७) शान्ति कृषि फार्म १५ कठ्ठा, बिर्तामोड–१०१८) तिवारी माछा फार्म ७ कठ्ठा, बिर्तामोड–८१९) महालक्ष्मी कृषि फार्म ९ कठ्ठा, बिर्तामोड–१०२०) न्यू लक्ष्मी कृषि फार्म २ बिगाहावढी बिर्तामोड–१०२१) बिजय कृषि फार्म १८ कठ्ठा, बिर्तामोड–९२२) डाँडागाउँ कृषि फार्म १ बिगाहा ३ कठ्ठा, बिर्तामोड–९२३) सुशन बस्नेत माछा फार्म १० कठ्ठा, बिर्तामोड–२
यता नगरले ब्यवसायिक रुपमा माछा पालन गर्ने र नगरमा दर्ता भएका कृषि फार्महरुलाई क्षेत्र बिस्तार अन्तरगत पोखरी खन्ने, यान्त्रिककरण अन्तरगत सिंचाईका लागि बोरिङ, एलिमिटर, महाजाल, डिजिटल तराजु दिएको पशुपन्छी तथा मत्स्य शाखाले जनाएको छ ।
हाल बिर्तामोड नगर अन्तरगत पशुपन्छी तथा मत्स्य शाखामा २३ वटा फर्म दर्ता भएर ब्यवसायकि रुपमा माछापालन गर्दै आएका पशुपन्छी तथा मत्स्य शाखाकी शाखा अधिकृत सावित्राकुमारी दाहालले जानकारी दिइन् । उनले अन्य पनि साना माछा पालक फार्म भएको बताउँदै त्यस्ता ब्यवसायी दर्ता नभएको बताइन् ।
उनका अनुसार माछा पालनका लागि आर्थिक बर्ष २०७८/०७९ मा सशक्त अनुदान मार्फत १४ लाख रुपैयाँ आएको थियो । ७ लाख रुपैयाँ क्षेत्र बिस्तार, यान्त्रिककरण र ब्यवसायीसहितको टोली वीरगञ्जको माछा सिकुटी भट्टीको अवलोकन र ब्यवसायीलाई माछामा लाग्ने रोग र माछा पाल्ने तरिकाका बिषयमा बिज्ञद्धारा तालिम दिएर खर्च भएको र वाँकि ७ लाख रुपैयाँ काम नभएपछि फिर्ता गएको शाखा अधिकृत दाहालले बताइन् ।
यस्तै सशक्त अनुदान मार्फत आर्थिक बर्ष २०७९/०८० मा ७ लाख रुपैयाँ आएको थियो । त्यसले पनि क्षेत्र बिस्तार र यान्त्रिककरण गरिएको अधिकृत दाहालले बताइन् । ६ कठ्ठा क्षेत्रफल भन्दा साना पोखरी भएका माछा पालन फर्म नगरमा दर्ता नहुने भएकाले हाल २३ वटा मात्र माछा फार्महरु नगरपालिका अन्तरगतको पशुपन्छी मत्स्य शाखामा दर्ता रहेको उनले बताइन् । उनका अनुसार नगरमा दर्ता भएका फार्महरु ६ कठ्ठादेखि ४ बिगाहा १० कठ्ठासम्मका क्षेत्रफल हुन् ।
‘माछा उत्पादनमा समस्या छैन’ शाखा अधिकृत दाहालले भनिन् ‘बजारीकरण तथा विविधिकरणमा समस्या छ ।’ माछाको बजारीकरण तथा विविधिकरणमा राज्यले नै ब्यावस्थापन गरिदिए माछा उत्पादक तथा ब्यवसायीकरणबाट राम्रो आम्दानी हुने उनको भनाई छ । बिर्तामोड नगरभित्र कार्पजाती र पंकास माछा पालक धेरै रहेको उनले बताइन् । जसका कारण माछा उत्पादकको खर्च धेरै हुने गरेको छ ।
अधिकृत दाहालले यस आर्थिक बर्ष २०८१/०८२ का लागि माछा पालन ब्यवसायीका लागि नगरले छ लाख रुपैयाँ छुट्याएको बताइन् । उक्त रकमले माछा पोखरीको पानीको अवस्था र रोगका बिषयमा जानकारी लिने मल्टीपारामिटर खरिद गर्ने, माछा पालक कृषकलाई यसै चैत्र महिना भित्रमा बिज्ञ बोलाएर २ दिने तालिम दिने, केही रकम बचेमा फर्मालिन किट खरिद गरिने साथै अन्य कार्यक्रमहरुसमेत गरिने उनले बताइन् ।