झापा । 

पूर्वी नाका काँकरभिट्टाबाट भन्सार छलेर ल्याइदै गरेको सामानसहित कार र कार चालक पक्राउ परेका छन् । आज दिउसो १२ः३० बजेको समयमा प्रहरीले सामानसहितको कार र चालकलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा बंगाल राज्य दार्जिलिङ जिल्ला खोरोबारी थाना भतासी प्रेमाजोत भारतका ३४ बर्षिय अमित सिंह रहेका छन् । मेचीनगर नगरपालिका –६ कालिखोला हुँदै भारतबाट नेपालतर्फ आउँदै गरेको WB ७४ S २१५२ नम्बरको भारतीय कार र चालकलाई चेकजाँच गर्ने क्रममा प्रहरीले नियन्त्रण गरेको हो । 

कारको सिट मुनि फल्स बटम बनाएर लुकाई छिपाई ल्याउँदै गरेको गाडीको मोबिल तथा मोटर पार्टसहरु एक लाख १५ हजार ५८२ रुपैयाँ बराबरको फेला परेकोले उक्त कार समेत नियन्त्रण लिएको प्रहरीले जनाएको छ । 

८ लाख कारको मूल्यसहित ९ लाख १५ हजार ५८२ मूल्य बराबरको कार चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।