झापा । 

नेपाल अडिटर्स एशोसिएसन झापाको अध्यक्षमा पर्शुराम बुढाथोकी सर्वसम्वत निर्वाचित भएका छन् ।आज (शुक्रवार) भएको नेपाल अडिटर्स एशोसिएसन झापाको ७ औं जिल्ला अधिवेशन बाट वुढाथोकीको अध्यक्षमा १५ सदस्यीय समिति चयन भएको हो ।

नेपाल अडिटर्स एशोसिएसन (अडान) का केन्द्रिय अध्यक्ष केदारनाथ पौडेलको प्रमुख आतित्यमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा चिरञ्जीवी नेपाल, सचिव खिवलाल अधिकारी, सह–सचिव वावुराम पोखरेल, कोषाध्यक्षमा डम्बर बहादुर सुब्बालाई चयन गरेको छ ।

कार्यक्रममा अडानका तृतीय उपाध्याक्ष झलकमणि लम्साल, अडान उपाध्यक्ष पोषराज नेपाल, प्रदिप कुमार यादव , अडानका उप महासचिव हरिवहादूर कार्की, कोषध्यक्ष बलराम चौधरी, प्रदेश उपाध्यक्ष खडानन्द गुरागाई लगायतले अधिवेशन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

अडानका तर्फबाट आइक्यान पार्षदमा रहि सदस्यहरुको हकहितको संरक्षण तथा थप अधिकारको पक्षमा खेल्नू भएको मूमिकाको लागि आइक्यान पार्षद झलकमणी लम्साल, प्रदिप कुमार यादव, हरिबहादुर कार्की र भरतलाल श्रेष्ठलाई दोसल्ला ओडाई कदर तथा सम्मान साथ मायाको चिनो प्रदान गरिएको थियो ।

कार्याक्रमा संस्थाको स्थापनाकाल देखिहालसम्म संस्थालाई सवल बनाउन योगदान गर्ने संस्थाका केन्द्रिय सल्लाहकार मोहन सिवाकोटी, झापा जिल्लाका पूर्व अध्यक्ष चुडामणि चिमरिय तथा हरिकिशोर आचार्यलाई दोसल्ला ओडाई कदर तथा सम्मान गरिएको थियो । त्यस्तै जेष्ठ सदस्य गोविन्दप्रसाद मिश्रलाई समेत कदर तथा सम्मान गरिएको थियो ।

होमनाथ उप्रेतीको अध्यक्षतामा सम्मन्न भएको सो कार्यक्रममा स्वागत खिबलाल अधिकारीले गरेक थिए ।  कार्यक्रम संस्थाका सचिव पर्शुराम बुढाथोकीले संचालन गरेका थिए ।