बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ को जगतबस्तीबाट बरपिपल चोक- बैंसाबाडी हुँदै अर्जुनधारा जाने सडकमा कालो पत्रे सम्पन्न भएको छ ।
शहरी विकास मन्त्रालयको भ्याटसहित ७७ लाख ४४ हजार ३५२ रुपैयाँ बजेटमा ९ सय ३० मिटर सडकमा कालो पत्रे सम्पन्न भएको हो । सडकको चौडाई ५.५ मिटर छ ।
कञ्चनजंगा हिमाल कन्ट्रक्सन कनकाईले आयोजनाको ठेक्का पाएको थियो । ठेकेदार कम्पनीले २०८२ बैशाख ३० गतेसम्ममा काम सम्पन्न गर्नेगरी गत मंसिर २१ गते सम्झौता गरेको थियो ।
बिर्तामोड नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले आफ्नो वडालाई नमुना वडाको रुपमा विकास गर्ने बताए । नगरका प्रवक्तासमेत रहनुभएका पाण्डेले यस चालु आर्थिक वर्षको हालसम्मको अवधिमा ५ किलोमिटर भन्दा बढी सडकमा कालोपत्रे सम्पन्न गरेको जानकारी दिए।
गत हप्तामात्रै वडा नम्बर १ को अतिथिसदन रोड र धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्गमा कालो पत्रे सम्पन्न गरिएको थियो ।