हल्दीबारी ।
हल्दीबारी गाउँपालिकाको गाउँ सभाको १८ औँ अधिवेशन सम्पन्न भएको छ। गाउँपालिका सभा अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको अध्यक्षतामा आज (बिहीवार) अधिवेशन सम्पन्न भएको हो ।
सभाको आचारसंहिता बारे प्रमुख प्रशासकिय अधिकृत एवं सदस्य सचिव मानबहादुर वन (महेन्द्र) ले प्रष्ट पारेका थिए भने वडा नम्बर ३ का वडाध्यक्ष विष्णु ओलीले शुभकामना मन्तव्य राखेका थिए ।
आजको सभामा विनियोजन ऐन २०८१ को पहिलो संसोधन उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले र विधयेकहरू र विविध निर्णयहरू गाउँपालिका प्रवक्ता एवं वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापाले पेश गरेका थिए।
सभाले उत्कृष्ट कृषक कार्यविधि, गाउँ, नगर प्रहरी व्यवस्थापन तथा संचालन सम्बन्धी ऐन, शिक्षक सरूवा सम्बन्धी कार्यविधि, हाटबजार स१चालन तथा व्यवस्थापन कार्यविधि तथा प्राविधिक तथा सिप विकास सम्बन्धी कार्यविधिहरुको विधयेक सर्वसम्मत अनुमोदन गरेका थियो । सभामा सम्पूर्ण गाउँ सभा सदस्यहरु (जनप्रतिनिधिहरु) र कर्मचारीहरूको उपस्थिति रहेको थियो।