लक्ष्मीपुर ।
भापाको अर्जुनधारा नगरपालिका–५ को ऊँ दशनामी समाजले स्थापना दिवस मनाउने भएको छ । समाजको प्रथम स्थापना दिवस आगामी चैत ९ गते शनिवार कनकाई–२ स्थित धनुषकोटीमा गर्न लागिएको हो ।
समाजले नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान कार्यक्रमसहित बिभिन्न कार्यक्रम गरेर प्रथम बार्षिकोत्सव गर्न लागेको समाजका उपाध्यक्ष बालकृष्ण गिरीले जानकारी दिए ।
उनका अनुसार अक्षयकोष स्थापना गर्ने सदस्यलाई सम्मान तथा प्रमाण पत्र वितरण, परिकल्पनाकार सदस्यहरुलाई सम्मान कार्यक्रम, आजीवन सदस्यहरुलाई सम्मान तथा प्रमाण पत्र वितरण, जलपान कार्यक्रमलगायतका कार्यक्रम गरिने भएकाले समाजसँग सम्बन्धीत सवैलाई पत्राचार गरिएको र पत्र प्राप्त नभएमा यसै समाचारलाई आधार मानेर उपस्थिति भई आतिथ्य ग्रहण गरिदिन आग्रह गरिएको छ ।
आगामी शनिवार बिहान ७ः३० बजेबाट हुने कार्यक्रमका लागि बैशावाडी हुँदै चारपाने चौकमा एउटा बस र पाण्डापुर हुँदै लक्ष्मीपुरमा चौकमा एउटा वसको ब्यवस्था गरिएकाले उपस्थितिका लागि समाजका सह–सचिव राजु गिरीले आजीवन सदस्यहरुलाई आग्रह गरेका छन् ।