झापा । 

बिरामी बोकेर बिर्तामोडबाट बिराटनगरतर्फ जाँदै गरेको एम्बुलेन्स झापाको दमक नगरपालिका–५ गोर्खा डिपार्टमेन्टस्थित पूर्व पश्चिम लोकमार्गमा गएराति दुर्घटना हुँदा छ जना घाइते भएका छन् । 

मनमोहन मेमोरियल सामुदायिक अस्पाताल बिर्तामोडको प्र १–०१–००२ च ०११५ नम्बरको एम्बुलेन्स बिरामी लिएर बिराटनगरतर्फ जाँदै गरेको अवस्थामा गएराति १२ः५५ बजेको समयमा सडकको बिचमा रहेको डिभाइडरमा ठोक्किएको हो । 

दुर्घटनामा अर्जुनधारा नगरपालिका–१० का अन्दाजी २० बर्षिय बिशाल लिम्बु, सोही स्थानकी अन्दाजी १९ बर्षिया आरजु राई, ५१ बर्षिया मिना लिम्बु, २१ बर्षिय अन्जेश लिम्बु,  एम्बुलेन्स चालक बिर्तामोड नगरपालिका–५ का ३५ बर्षिय कमल अधिकारी र अर्जुनधारा नगरपालिका– १० का २३ बर्षिया बर्षा लिम्बु घाइते भएका छन् । 

दुर्घटनमा घाइतेहरुलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उद्वार गरी निम्स अस्पताल दमक पठाइएको थियो ।सबै घाइतेहरुलाई सामान्य उपचारपछि बिएण्डसी असपताल बिर्तामोड रेफर गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

घाइते आरजु राईको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरु मध्ययम र सामान्य रहेका प्रहरीले जनाएको छ ।