झापा ।  

झापा कानकाई नगरपालिका–६ मा आगलागी भएको छ । कनकाई–६ का डम्बर बहादुर बास्तोलाको काठ, बास र टिनको छानो भएको गाई गोठमा आगलागी भएको हो । 

आज (मंगलबार) दिउँसो गाईको खोले पकाउने क्रममा अचानक आगो सल्किन गई आगलागी  भएको प्रहरीले जनाएको छ । आगलागीबाट उक्त गाई गोठमा रहेको काठ, मकै, आलु, एउटा बाख्राको पाठा, पराल र गाई गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

सोही गोठमा रहेको एउटा खसीको छाला पिल्सीएको छ ।  आगलागी नेपाल प्रहरी, स्थानियवासी र दमकलको सहयोगमा ४ः२० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको छ । सो सम्बन्धमा थप अनुसन्धानभइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।