धुलाबारी । 

यसवर्ष आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार सुष्मा राजबंशीलाई सम्मान तथा पुरस्कृत हुने भएकी छिन् । मेची उद्योग बाणिज्य संघले वितरण गर्दै आएको उक्त पुरस्कारबाट राजवंशी पुरस्कृत हुने भएकी हुन् । 

संघका अध्यक्ष खेमराज प्रसाईको अध्यक्षतामा बसेको वैठकले पत्रकार राजबंशीलाई आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने निर्णय भएको हो ।

यही चैत ७ गते हुने संघको २० औँ वार्षिक साधारण सभामा पत्रकार राजबंशीलाई सम्मान गरिने बताइएको छ । पुरस्कारको राशि नगद २१ हजार रुपैयाँ रहेको छ ।यसैगरी उत्कृष्ट कर्मचारीका रुपमा वरिष्ठ सहायक गंगा विकलाई १५ हजार नगदसहित सम्मान गर्ने भएको छ ।

वैठकमा पत्रकार छनोट समितिका संयोजक खेम प्रसाई तथा सदस्यहरु संघका निवर्तमान अध्यक्ष ऋषिराज तिम्सिना, मेचीनगर नगरपालिका–१० का वडाध्यक्ष नारायण खनाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, साहित्यकार भीम खवास, कार्यकारी निर्देशक गोपाल वस्नेतको उपस्थिति रहेको थियो ।