झापा । 

झापाको अर्जुनधारा नगरपालिका–४ आफ्नै नव निर्मित घरको दोस्रो तलाको पर्खालमा चडेर पानी लाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । 

अर्जुनधारा–४ का रनबहादुर बस्नेत आज (मंगलबार) बिहान घरको दोस्रो तलामा पानी लगाउने क्रममा लडेर घाइते भएका थिए । घाइते बस्नेतलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगेकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु भईसकेको भनि घोषणा गरेका थिए ।

उक्त  जानकारी प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी शनिश्चरेबाट प्रहरी टोली गएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।