झापा ।  

झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट गएराति लागू औषधसहित दुई जना पक्रउा परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ सिटि सफारिमा आउँदै गरेका उनीहरुलाई सोमवार साँझ ८ः३० बवे नियन्त्रण गरिएको हो । 

पक्राउ पर्नेमा गौरादह नगरपालिका –९ घर भई अर्जुनधारा नगरपालिका–११ बुट्टाबारी बस्ने ३६ बर्षिय  दिलिप कुमार गिरी र अर्जुनधारा–११ का २५ बर्षिय सुरज राई छनु । 

उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध खैरो हेरोईन प्लाष्टिक बाहेक १ ग्राम ८४० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । 

उक्त लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।