बिराटनगर ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा सञ्चालनमा रहेको ७ कार्य दिनको भत्केको संरचनामा गरिने खोज तथा उद्दार अनुशिक्षण तालिम प्रथम समुहको समापन भएको छ ।
गत फागुन २५ गतेबाट सञ्चालन भएको तालिम आज (सोमवार) कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा सम्पन्न भएको हो । कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख भीम बहादुर दहालको प्रमुख आतिथ्यमा तालिम समापन भएको हो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दहालले प्रहरी कर्मचारीहरूलाई खोज तथा उद्दार सम्बन्धि तालिम दिई उद्दार कार्यलाई थप प्रभावकारी बनाउन अनुशिक्षण तालिम दिइएको बताएका छन् ।
मानव जीवनमा आईपर्ने कठोरतम् विपत्तिको उद्धार कार्यको प्रमुख जिम्मेवारी पाएको नेपाल प्रहरीले आफुसँग भएका सिमित स्रोत साधनका साथै स्थानिय औजारहरुको समेत प्रयोग गरी प्रभावकारी रुपमा खोज तथा उद्दार कार्यमा खटिई मानविय तथा भौतिक क्षति न्यूनीकरण गर्न तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई निर्देशन दिए।
साथै उनले तालिमबाट सिकेका सिप, ज्ञान र कौसलको उच्चतम प्रयोग गरी कार्य क्षेत्रमा आईपरेको समस्या र चुनौतीलाई सामना गरी उद्दार कार्यमा खटिई नेपाल प्रहरीको गौरवलाई सदैव उच्च स्थानमा राख्न अभिप्रेरित गरे । समापन कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले तालिम सम्बन्धी प्रतिबेदन प्रस्तुत गगरेका थिए ।
कार्यक्रममा प्रहरी उपरीक्षक दिपक पोखरेलसहित सिनियर तथा जुनियर प्रहरी अधिकृतका साथै प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त तालिममा कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न कार्यालयहरुका ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।