झापा ।
जिल्ला प्रहरी कार्यालय झापाले फागुन महिनामा ७१ जना फरार प्रतिवदी पक्राउ गरेको छ । प्रहरीले अभियानकै रुपमा फरार अपराधि पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दाका अदालतबाट अपराधी घोषित भै फरार रहेका ७१ जनालाइ पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका फरार प्रतिवादीहरु ३२ वर्ष ११ महिना २१ दिन कैद र ३३ लाख १५ हजार ७०७ रुपैयाँ जरिवाना असुलउपर भएको प्रहरीले जनाएको छ । फरार अपराधि खोजतलाश कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।