झापा । 

झापाको शिवसताक्षी नगरपालिका–११ दुधे चौक नजिक भित्रि सडक खण्डमा भएको सवारी दुर्घटनामा घाइतेको मृत्यु भएको छ । गत शुक्रवार दुधेबाट शिवगञ्जतर्फ जाँदै गरेको प्र १–०१–००१च ८९५० नम्बरको पिकअपले सोहि दिशातर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिएको थियो । 

ठक्कटरबाट शिवसताक्षी– ९ का फडिन्द्र खनालको छोरा १२ बर्षिय साइकलयात्री आदर्श खनाल गम्भीर घाइते भएका थिए । साइकलयात्रीगम्भीर घाइते भइ उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा पठाइएकोमा उपचार क्रममा आज २ बजे मृत्यु भएको भएको प्रहरीले जनाएको छ । 

सवारी चालक शिवसताक्षी–११ का २७ बर्षिय सागर भन्ने सिटु पौदारलाई नियन्त्रणमा लिएर कारवाहि तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।