झापा ।
मलेशियामा आन्दोलनमा उत्रिएका १३ जना नेपाली पक्राउ परेका छन् । मलेशियायाको पेराकमा सडक दुर्घटनामा सहकर्मीको मृत्यु भएपछि नेपालीहरु आन्दोलनमा उत्रिएका थिए ।
शुक्रबार राति गाडीको ठक्करबाट सहकर्मीको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै एक हजारभन्दा बढी नेपाली श्रमिक सडकमा आएको बताइएको छ ।
नेपालीले केही समय सडक नै जाम गरेका थिए । मलेशिया प्रहरीले दंगा भड्काउने प्रयास गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । नेपाली कामदारलाई ठक्कर दिएको सवारी साधन भागेको र त्यस विषयमा अनुसन्धान भइरहेको मलेशियाको प्रहरीले जनाएको छ ।
मलेसियाको कानुनअनुसार विदेशी कामदारले आन्दोलन गर्न पाउँदैनन् । त्यस्ता कुनै कार्य गरेको पाइएमा वा संलग्न भएको पाइएमा कानुनअनुसार कडा कारबाही हुने प्रावधान छ । एजेन्सीको सहयोगमा