मोरङ।

सुनसरी र झापाबाट प्रतिबन्धित लागू औषधीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार सुनसरी धरान उप–महानगरपालिका–१४ र झापा दमक नगरपालिका–४ बाट उनीहरु पक्राउ परेका हुन् । 

धरानको अस्थायी प्रहरी चौकी पत्राङवारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान–४ का ४५ बर्षीय संजिव थापालाई लागू औषधी ट्रामाडोल–१२५ ट्याब्लेट र स्पास्पेन–१२५ चक्किसहित पक्राउ गरेको छ । 

त्यसैगरी दमक अस्थायी प्रहरी पोष्ट ताराबारीबाट खटीएको प्रहरी टोलीले झापा दमक–९ का ३५ बर्षीय शिव कुमार सोरेनलाई स्पाईसपेन–२० क्यापसुल लागू औषधीसहित पक्राउ गरेको छ ।पक्राउ परेका दुवै जनालाई सम्बन्धीत प्रहरी कार्यालय थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।