झापा । 

सवारी दुर्घटनामा घाइते भएका कनकाई नगरपालिकाका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–२ का ३३ बर्षिय सबिन तामाङको मृत्यु भएको हो । 

गत फागुन २८ गते साँझ ७ बजेको समयमा झापा कनकाई–२ जामुनबारीस्थित भित्री सडक खण्डमा जामुनबारीबाट सुरुङगातर्फ जाँदै गरेको साईकललाई सोही दिशातर्फ जाँदै गरेको प्र.१–०१–०१३प ८०९१ नं.को मोटरसाईकलले पछाडीबाट ठक्कर दिई दुर्घटना भएको थियो । 

दुर्घटनामा साईकल यात्री सोही स्थानका १९ बर्षिय सलिन कार्की, मोटरसाईकल चालक तामाङ घाइते भएका थिए ।  दुवै जना घाइतेलाई तत्काल कनकाई नगर अस्पताल सुरुङगामा लगेर सामान्य उपचारपछि थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । 

तामाङको उपचारको क्रममा फागुन २९ गते दिउँसो १ः२५ बजेको समयमा मृत्यु भएकोले कानुनी प्रकृयापछि पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर झापा पठाइएकोमा पोष्टमार्टम पश्चात चैत १ गते साँझ ६ बजे आफन्तले बुझिलगेका थिए ।  अर्का घाईते सलिन कार्कीको अवस्था सुधार भईरहेको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।