झापा ।
झापाको बाह्रदशी गाउँपालिका–६ नारायण चोकस्थित भित्री पक्की सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
गएराति १२ः४५ बजे चारपानेबाट बिहीबारेतर्फ जाँदै गरेको मे ३ प ६२२६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही स्थानका ३५ वर्षीय विकास भट्टराई गम्भीर घाइते भएका हुन् ।
टाउकोमा चोट लागेर गम्भीर अवस्थाका भट्टराईलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय घैलाडुब्बाको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।