चन्द्रगढी ।
झापाको भद्रपुर–९ स्थित केदारेश्वर शिव पान्चायन मन्दिरको आयोजनामा होलीको अवसरमा आज (शुक्रबार) शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
अग्रज समाजसेवी बिष्णुप्रसाद शिवाकोटीको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा सन्चारकर्मी राजु बराल, जीवन ज्योती आधारभुत बिद्यालयका प्रधानाध्यापक निर्मला पौडेल, प्रकाश एकता कृषि सहकारी अध्यक्ष गोपाल श्रेष्ठ, डिल्ली राम पोखरेल र महेस न्यौपानेले शुभकामना मन्तव्य राख्दै असत्य माथी सत्यको बिजयको सन्देश बोकेको रङको पर्व होलीको मौलिक पक्षको जगेर्ना गर्न सबैको सकारात्मक योगदान आवस्यक रहेको चर्चा गरेका थिए ।
केदारेश्वर शिव पान्चायन मन्दिर समिति अध्यक्ष भगिरथ नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पार्वती मल्ल र सन्चालन भिम निरौलाले गरेका थिए ।