झापा ।
झापा गाउँपालिका–४ टाघनडुब्बा आगलागी हुँदा २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गएराति ९ः१५ बजे भएको आगलागीमा सोही स्थानकी जिया तामाङको घरमा डेरा गरी बस्दै आएका सोम्नी कोचको डेरामा बिधुत लाईन सर्ट भई अचानक आगलागी भएको थियो ।
आगलागीबाट टिनको छानो र काठले बनेको एक तल्ले घरमा भित्र रहेको नगद रु२५ हजार रुपैयाँसहित २५ मन धान, २५ तोला चाँदी, २ आनि सुन, लेडिज साईकल एउटा, भाडाबर्तनलगायत पुर्ण रुपमा जलेर नष्ट हुँदा २५लाख बराबरको क्षत्ति भएको प्रहरीले जनाएको छ ।
उक्त आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, बिर्तामोड नगरपालिका भद्रपुर नगरपालिकाको दमकल र स्थानियवासीहरुको सहयोगमा गएराति १०ः४५ बजे पूर्ण रुपमा नियन्त्रणमा थियो ।
सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।