बिर्तामोड । 

बिर्तामोड उद्योग बाणिज्य संघले होली मिलन कार्यक्रम गरेको छ । संघले (आज) शुक्रवार कार्यालय परिसरमा होली मिलन कार्यक्रम आयोजना गरेर होली पर्व मनाएको हो । 

संघको आयोजना तथा वीरता जेसीज र वीरता लेडी जेसीजको सह–आयोजनामा बिर्तामोडका बिभिन्न संघ संस्था तथा बस्तुगत ६० वढी संघसंस्थाको समन्वय तथा सहकार्यमा होली मिलन कार्यक्रम गरिएको हो । 

संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बिर्तामोड नगर कार्यबहाक प्रमुख नगेन्द्रप्रसाद संग्रौला, नेपाल उद्योग बाणिज्य महासंघका सदस्य उमेश डालमिया, बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी, बिर्तामोड–४ का वडाध्यक्ष राहुल शर्माको बिशेष आतिथ्य रहेको थियो । 

स्वागत होली मिलन कार्यक्रमका संयोजक अमरजीत शाहले गरेको कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य शिवाकोटी, नगर कार्यबहाक प्रमुख संग्रौला,  संघका पूर्व अध्यक्ष उमेश डालमिया, वीरता लेडी जेसीज अध्यक्ष निशा शाक्यलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए । 

होली मिलन कार्यक्रम अन्तरगत एकअर्कालाई रंग लगाएर शुभकामना आदान–प्रदान गरिएको थियो भने बिभिन्न परिवारसमेत खुवाइएको थियो । कार्यक्रममा बिर्तामोडका बिभिन्न संघ संस्था तथा बस्तुगत संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुके बाक्लो उपस्थिति रहेको थियो ।